प्रमुख सचेतकसँग सभामुखले भने- लामाे समय सदन अवरुद्ध भए संवैधानिक संकट आउन सक्छ

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सकिएको छ। 

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेटसमेत प्रभावित भई संवैधानिक संकट आउन सक्ने अवस्थाप्रति सचेत गराएका थिए। 

साथै, सभामुखले प्रमुख सचेतकलाई आजको संयुक्त सदन र प्रतिनिधिसभाको बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए। बैठकमा कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने र  छानबिन समिति नबनेसम्म सदनमा विरोध जारी रहने बताइन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले बोल्न पाउनुपर्ने धारणा राखे। उनले भने, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरूप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’ 

सुझावित समाचार