मन्त्रिपरिषद् बैठकले पारित गर्‍याे सरकारको नीति तथा कार्यक्रम

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। 

प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकमा नीति तथा कार्यक्रमबारे छलफलपछि पारित भएको हाे । साथै आजको मन्त्रिपरिषद् बैठकले १६औँ पञ्चवर्षीय योजना पनि पारित गरेको छ।

आज ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

सुझावित समाचार