जसपा सरकारमा सामेल, स्वास्थ्यमन्त्री बने यादव

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। 

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन्।

उनीहरूले सोमबार साँझ शपथ लिएका छन्। आजै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा बुझाएका थिए। 

सुझावित समाचार