सिटी एक्सप्रेसले युएईमा सांगीतिक कार्यक्रम गर्ने

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एसके– ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। मे १९ मा हुने कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिनेछन्।

चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल,  चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी, गायिका शान्तिश्री परियार र कलाकार अञ्जली अधिकारीले विशेष प्रस्तुति दिने बताइएको छ।

सुझावित समाचार