चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ।

टिजरमा आफूले मन पराएकी युवतीलाई पाउन युवकले गरेको संघर्षलाई देखाइएको छ। मगर समुदायमा आधारित चलचित्रलाई अनिल बुढामगरले लेखन तथा निर्देशन गरेका हुन्।

चलचित्रमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बांदेल, राज थापामगर, कविता आलेमगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन, शीला आलेलगायतको पनि अभिनय छ।

पटकथा तथा संवाद लेखनमा निर्देशक मगरले विनोद खतिवडा र सुभाष कोइरालासँग सहकार्य गरेका छन्। जनक घर्तीमगर निर्माता रहेको चलचित्र पूर्वी रुकुमआसपासमा खिचिएको हो।

सुशन प्रजापतिले खिचेको चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। चलचित्र असार २८ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।

सुझावित समाचार