मधेश सरकारबाट बाहिरिँदै एमालेले फिर्ता लियो समर्थन

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

नेकपा एमालेले पनि मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले प्रदेश संसदीय दलले समर्थन फिर्ता लिएको हो।

एमालेबाट सरोजकुमार यादव, प्रमोदकुमार जैसवाल, राजकुमार लेखी र शत्रुधन सिंह मन्त्री तथा केशव राय र शारदा थापा राज्यमन्त्री थिए।

यसअघि आजै माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेका छन्।

मधेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार छ।

सुझावित समाचार