खोलामा दाउरा संकलनका क्रममा बाढीले बगाएर एकजनाको मृत्यु

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ कोइली खोलामा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ।

मतिपुरको सुकुमवासी टोलका स्थानीय ४१ वर्षीय लौटन थारूलाई आइतबार बिहान ७ बजेतिर श्रीमती लक्ष्मी थारूसँगै दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले पुष्टि गरेका छन्। रायमाझीका अनुसार शव खोला किनारमा फेला परेको छ।

सुझावित समाचार