साइमेक्स इन्कको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनीले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’अन्तर्गत लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ ।
विजेताले जर्मनीमा हुने युइएफए युरोकप २०२४ को खेल प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । २६ फेब्रुअरी २०२४ देखि ५ मेसम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकबाट ११ जना भाग्यशाली लक्की ड्रबाट चयन गरिएको कम्पनीले जनाएको छ । बिवाइडी नेपालका ब्रान्ड एम्बासडर हरिवंश आचार्य र साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्र घोषणा गरेका हुन् ।
दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेतामा पहिलो चरणका विजेता जयराम न्यौपाने, शाश्वत गौतम, श्यामसुन्दर श्रेष्ठ, सुदर्शन श्रेष्ठ, विजेन्द्र शाक्य, कविनराज श्रेष्ठ, दिनेश प्याठा रहेका छन् ।
त्यस्तै, दोस्रो चरणका विजेतामा गणेश कँडेल, डा. ममता क्षेत्री र डा. जगदीश तिमिल्सिना, प्रदीप पौडेल, सगरमाथा टेलिभिजन र विमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय रहेका छन् ।