लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण

मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदलयात्री भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दिकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेसँगै पक्राउ गरेको हो। 

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार