डढेलो नियन्त्रणका लागि हेलिकाेप्टर आवश्यक : गृहसचिव अर्याल

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले डढेलो नियन्त्रणका लागि हेलिकाेप्टर जरुरी रहेको बताएका छन्। संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपत् व्यवस्थापनबारे ब्रिफिङ गर्दै गृहसचिव अर्यालले डढेलो विश्वव्यापी समस्या भएको र अरू देशमा जस्तै हेलिकाेप्टर परिचालन गरेर नियन्त्रणमा लिनु जरुरी रहेको बताए। 

डढेलो नियन्त्रणका लागि आवश्यक हेलिकाेप्टर अपुग रहेको भन्दै अर्यालले स्रोत सुनिश्चितताका लागि पहल गरिदिन समितिलाई अनुरोध गरे। ‘डढेलो नियन्त्रणका लागि हेलिकाेप्टरको आवश्यकता छ । बजेटका लागि समितिबाट निर्देशन भए सजिलो हुन्थ्यो,’ उनले भने। 

अर्यालले विपतकाे वेला मात्रै कर्मचारी तात्ने, सकिएपछि चासो नदिने चुनौती रहेको सुनाए। ‘विपत् ऐन परिमार्जन गर्न लागिरहेका छौँ, गृहकार्य भइरहेको छ। समितिको साथ आवश्यक छ।’ 

सुझावित समाचार