अभिकर्तालाई नेसनल लाइफको घान्द्रुक भ्रमण

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई घान्द्रुक भ्रमण गराएको छ । कम्पनीले ०८० भदौ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्र्ने अभिकर्तालाई घान्द्रुक भ्रमण गराएको हो । भ्रमणमा एक सय ४० जनाभन्दा बढी वरिष्ठ अभिकर्ता सहभागी रहेको कम्पनीले जनाएको छ ।

भ्रमणमा सहभागी अभिकर्ताले यस्तो भ्रमणले एक–आपसबीचको अन्तक्र्रियाको वातावरण सिर्जना गर्ने र यसबाट धेरै कुरा जान्न–बुझ्न पाउने बताए । भ्रमण तीन रात, चार दिनसम्म सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
 

सुझावित समाचार