मनकामना केबलकार शुक्रबार बन्द हुने

बिहिबार, ६ बैशाख, २०८१
डिजिटल संस्करण
मनकामना केबलकार शुक्रबार बन्द हुने

फाइल तस्बिर

मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। 

चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका– ३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामनामाईको मन्दिर जाने भक्तजनको सहजताका लागि ०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो। 

सुझावित समाचार