तोलामा सात सयले बढ्यो सुनको मूल्य

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु. सात सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु. सात सयले वृद्धि भई रु. एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ।

शुक्रबारको तुलनामा आइतबार रु. दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो।

यस्तै, तेजाबी सुन आज प्रतितोला रु. एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. १५ ले वृद्धि भएको छ।

आइतबार प्रतितोला रु. एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार सात सय १५ निर्धारण भएको छ।

सुझावित समाचार