पर्यटन क्षेत्रबाट बढी कर तिर्ने मनकामना दर्शन प्रालि सम्मानित

शुक्रबार, ३० चैत, २०८०
डिजिटल संस्करण

केबलकार सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि सम्मानित भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सो कम्पनी सम्मानित भएको छ । 

नेपाल उघोग वाणिज्य महासंघको ५८औँ  वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवस ०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्रीले कम्पनीकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ । 

सुझावित समाचार