वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव लाठले दिए राजीनामा

बिहिबार, २९ चैत, २०८०
डिजिटल संस्करण

वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशिषकुमार लाठले आफूले चाहेको समयमा संघको हिसाब–किताब पाउन नसकेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार अपराह्न वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालसमक्ष राजीनामा पेस गरेकाे जानकारी गराए। 

उनले संघको काम अझै राम्रो बनाउने क्रममा लेखासम्बन्धी कुनै विवरणका लागि अध्यक्षबाट सोधेर नै उपलब्ध गराउन सकिने व्यहाेरा सम्बन्धित कर्मचारीबाट थाहा पाउँदा आफूलाई अचम्म लागेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

विधानसम्मत रूपमा प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने परिस्थितिमा महासचिवको हैसियतले काम गर्न नसक्ने जनाउँदै आजैका मितिदेखि  लागू हुने गरी राजीनामा दिएको लाठले बताए।

यता वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल जिल्लाबाहिर भएकाले महासचिवको राजीनामाबारे जानकारी नपाएको बताए। 

सुझावित समाचार