कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन्। 

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन्। सत्तासाझेदारबीच मन्त्रालय भागबन्डा नमिलेका कारण मुख्यमन्त्रीले एक्लै शपथ खाएका हुन्।

सुझावित समाचार