कृषिमन्त्रीसँग कृषि मेसिनरी व्यवसायीका १४बुँदे माग

मंगलबार, २७ चैत, २०८०
डिजिटल संस्करण

नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि यान्त्रीकरणमा जोड दिन माग गरेका छन् । सोमबार संघले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी शाहलाई १४बुँदे माग ज्ञापनपत्र पेस गरेका हुन् ।

संघका अध्यक्ष कृष्ण शर्माले नेपालको कृषि क्षेत्रको विकासका लागि सरकारसँग हातेमालो गर्न संघ सधैँ तयार रहेको बताए । कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोगविना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकाले यो क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने व्यवसायीको माग छ ।

कृषि यान्त्रिकीकरणको विकासका लागि नेपाल सरकारअन्तर्गत छुट्टै केन्द्रको स्थापना गर्नुपर्ने, सार्वजनिक–निजी साझेदारीको विकास साथै अध्ययनमा जोड दिनुपर्ने, विदेशी उत्पादनलाई प्रोत्साहन नीति ल्याउनुपर्ने, बैंकको ब्याजदरमा अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उद्योग स्थापनाको पहिलो पाँच वर्षसम्म आयकरमा छुट हुनुपर्ने, कोल्डस्टोर तथा कृषि उद्योगमा विद्युत् सहुलियत कायम गर्नुपर्ने, कृषि उद्योगको कच्चा पदार्थमा विद्यमान भन्सार दर कम गर्नुपर्ने, भन्सारमा छुट गर्नुपर्ने, ग्रिनहाउसमा प्रयोग हुने सम्पूर्ण कभरिङ मेटेरियल्सहरूको भन्सारदर १ प्रतिशत कायम गर्नुपर्ने रहेको छ । त्यस्तै, गुणस्तर र मापदण्डमा एकरूपता कायम गर्दै प्रमाणीकरण गर्नुपर्ने, भूउपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्ने, किसानले यन्त्र, उपकरण, प्रविधिहरू आफैँ छान्न पाउनुपर्ने माग रहेका छन् ।

See More On

सुझावित समाचार