नेसनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब प्रमुख पक्राउ

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– १५ भेडीहारीमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा प्रहरीले छापा मारेर दुईजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मेडिकल कलेजका प्रबन्ध–निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेकाे गुनासो आएपछि दुईजनालाई नियन्त्रणमा लिएको  ढुंगेलले बताए।

सुझावित समाचार