सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
आगामी वैशाख २ गते बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए। प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका शाहले विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिएका हुन्।
