स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु. चार सयले घटेको छ।
सोमबार तोलामा रु. एक लाख ३१ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ।
यस्तै, तेजावी सुन सोमबार तोलामा रु. एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु. एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। सोमबार प्रतितोला रु. एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ।