रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षाका लागि प्रदर्शन गर्ने पक्राउ

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

रुसी सेनामा भर्ती भएका परिवारका सदस्यले फिर्ताको माग गर्दै आज सिंहदरबारमा प्रदर्शन गरेका छन्। रुसी सेनामा आबद्ध नेपालीकाे जीवनरक्षार्थ अभियानद्वारा आयाेजित प्रदर्शनमा १५ जना पक्राउ परेका छन्। 

उनीहरूले रुसी सेनामा भएका नेपालीलाई सकुशल उद्धार गरी स्वदेश फिर्तालागायत ११ बुँदे माग राख्दै सिंहदरबारअगाडि  प्रदर्शन गरेका थिए। गिरफ्तार गरिएका उनीहरूलाई सिंहदरबार प्रहरी कार्यालयमा राखिएकाे छ। 

प्रकाउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादव, चादनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्तीमगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई र मीनबहादुर दाहाल छन्। 

सुझावित समाचार