इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा पार्टीको उम्मेदवार टुंगो लगाएको छ। रास्वपाले मिलन लिम्बूलाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गरेकाे हो।

पार्टीको प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार बिहीबार उम्मेदवारहरूबीचको छलफलका क्रममा अन्य उम्मेदवारले नाम फिर्ता लिएर लिम्बूलाई समर्थन गरेका रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिए।

१५ वैशाखमा इलाम २ मा प्रतिनिधिसभाकाे र बझाङ १ मा प्रदेश सभाकाे उपनिर्वाचन हुँदैछ। इलाममा उम्मेदवार टुंग्याएको रास्वपाले प्रदेश सभाका लागि बझाङमा भने उम्मेदवारी नदिने निर्णय यसअघि नै गरिसकेको छ।

सुझावित समाचार