भिरबाट लडेर किशाेरीकाे मृत्यु

बुधबार, १४ चैत, २०८०
डिजिटल संस्करण

दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका- ७ मलैनिवासी रोबरबहादुर घर्तीकी १८ वर्षीया छोरी करिश्मा घर्तीको मृत्यु भएको हो।

बुधबार बिहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरूसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक नवचन्द्र मल्लले बताए। उनको शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।  

See More On

सुझावित समाचार