घरेलु टोली नेपाललाई पहिलो टी–२० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले एक सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल तयार पार्याे।
आयरल्यान्डका स्टेफन डोहिनीले ४६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्। ३९ बलको सामना गरेका उनले दुई छक्का र चार चौकाको मद्दतमा ४६ रन जोडेका हुन्। यसैगरी टोमस मायस र लियम म्याकर्थीले समान १६, फियोन ह्यान्डले ११ रन बनाए।
नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई तथा करण केसी र कुशल मल्लले समान एक विकेट लिए।