नेपाल एसबिआईका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपमा छुट पाउने

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका आउटलेटमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड वाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौताअनुसार ग्रुपले सञ्चालन गरेका २१ वटै आउटलेटमा विभिन्न सेवामा छुट पाउने जनाइएको छ । जसअनुसार खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने उल्लेख छ ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा सम्झौता भएको जनाइएको छ । 

See More On

सुझावित समाचार