लघुवित्त संघर्ष समिति र सरकारबीचको वार्ता सकारात्मक

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

अर्थ मन्त्रालय र लघुवित्त संघर्ष समितिबीचको बिहीबार बसेको बैठक सकारात्मक भएको छ । वार्तामा सहभागी समितिका अध्यक्ष मणिराम ज्ञवालीले सरकारसँगको वार्ता सकारात्मकतर्फ अघि बढेको जानकारी दिए । दिउँसो साढे दुई बजेदेखि सुरु भएको वार्ता बेलुका साढे आठ बजेसम्म निरन्तर चलेको थियो ।

वार्तामा सदाझैँ समितिले आफ्नो माग राखेको र सो माग पूरा गर्न सरकारी टोली सकारात्मक देखिएको ज्ञवालीले बताए । उनले भने, ‘के–के कुरा भयो, अहिले भनिहाल्ने अवस्था छैन । तर, वार्ता सकारात्मक भएको छ ।’ समितिलाई शुक्रबार फेरि वार्ताका लागि बोलाइएको र सहमति हुने सम्भावना बढेको उनले बताए । 

वार्ताटोलीमा सरकारको तर्फबाट संयोजक एवं सहसचिव नारायण रिसाल, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रेवती नेपाल थिए । मन्त्रालयका प्रतिनिधिले पनि वार्ता सकारात्मक भएको जानकारी दिएका छन् । 

सुझावित समाचार