किड्नी जोगाउन आमजनचेतना जगाउन जरुरी : सुनिता बराल

पर्याप्त स्तरीय सार्वजनिक शौचालयको व्यवस्था गर्न माग

बिहिबार, १ चैत, २०८०
डिजिटल संस्करण
किड्नी जोगाउन आमजनचेतना जगाउन जरुरी : सुनिता बराल

फाइल तस्बिर

एमाले सचेतक सुनिता बरालले मिर्गौलाको सुरक्षाका लागि आमजनचेतना जरुरी रहेको बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बरालले मिर्गौला विश्वव्यापी रूपमै जटिल बनेको उल्लेख गर्दै जनचेतनाबाटै न्यूनीकरण गर्न सकिने बताइन्।

‘मृत्युको प्रमुख कारण नसर्ने रोगमध्ये किड्नी समस्या प्रमुख तीन रोगमै पर्ने गरेको छ। नेपालजस्ता विकासोन्मुख र मध्यम आय भएका देशहरूमा ६० वर्षभन्दा कम उमेरमै २५ प्रतिशतको हाराहारीमा किड्नी समस्या हुने पाइन्छ । किड्नी खराब भइसकेपछि प्रत्यारोपबाहेक अन्य विकल्प प्रभावकारी छैन। डायलाइसिल शरीर र सम्पत्तिले पनि नधान्ने अल्पकालीन विधि मात्रै हो,’ उनले भनिन्।

गएको आर्थिक वर्ष मात्रै सात हजार पाँच सय नागरिकले स्वास्थ्य सहयोग प्राप्त गरेर डायलाइसिस गराएको र चार सय ३२ जनाले किड्नी ट्रान्सप्लान्ट गरेको तथ्यांक प्रस्तुत गर्दै सांसद बरालले किड्नी जोगाउने उपायको सचेतना र पूर्वप्रतिरोधात्मक काम गर्नु जरुरी रहेको बताइन्।

‘कृषिमा प्रयोग हुने भिटामिन र रासायनिक औषधिहरूको जथाभावी प्रयोग पनि एउटा महत्वपूर्ण कारण हो,’ उनले भनिन्, ‘किड्नी स्वास्थ्यको सबैभन्दा धेरै ध्यान दिनुपर्ने विषयमा पानी पर्याप्त पिउनुपर्ने र जीवनशैलीमा सुधार गर्नुपर्ने आमजनचेतना जगाउन जरुरी छ।’ 
 

सुझावित समाचार