बारामा एक महिनामै दुई बाघ मरे

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ।

कछडिया सामुदायिक वनको छेउ बकैया खोलाकिनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो।

मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए।

हेर्दा चार–पाँच दिन अगाडि नै मरेको देखिन्छ। पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन्। तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ। योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन्।

See More On

सुझावित समाचार