एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल चयन

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन्। सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्। 

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन्। सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन्। 

सुझावित समाचार