अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । अम्रिसोको मूल्य गत वर्षको तुलनामा झन्डै ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकेजी एक सय २० देखि एक सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेकोमा अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी ६५ रुपैयाँमा मात्र बिक्री भइरहेको छ । 

इलाम माई नगरपालिक–९ का पूर्णकुमारी साउदेनले व्यापारीहरू किसानका घरमै पुगेर कुचो खरिद गरिरहे पनि मूल्य अत्यधिक घटेको बताइन् । ‘गतवर्ष सुरुमा नै प्रतिकेजी एक सय १० का दरले कुचो बेचेको थिएँ, त्यसपछि एक सय ३० रुपैयाँसम्म पुगेको थियो,’ उनले भनिन्, ‘यस वर्ष प्रतिकेजी ६५ रुपैयाँका दरले बेच्न बाध्य भएका छौँ ।’ विगतमा राम्रो मूल्य पाएपछि हौसिएर अन्य बाली हटाई अम्रिसो खेती गरेका किसान अहिले निराश भएको अभिषेक येक्तेनले बताए । 

‘अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्थासमेत छैन,’ उनले भने, ‘मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसासमेत नपुग्ने अवस्था छ ।’ 

See More On

सुझावित समाचार