सिटिजन्स बैंक इन्टरनेसनलले वसन्तपुर– ८, बालापुर रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्री उपलब्ध गराएको हो ।
वृद्धाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गरे । पोखरेलले वृद्धाश्रममा आश्रित व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणका निमित्त उक्त सामग्री संस्थालाई हस्तान्तरण गरी मानव सेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए ।