पिस प्वाइन्ट क्वार्टरफाइनलमा

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

पिस प्वाइन्ट १२औँ लोयल्टी कप यू–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पिस प्वाइन्टले दोहोरो जित निकाल्दै अन्तिम आठको स्थान पक्का गरेको हो । पिस प्वाइन्टले पहिलो खेलमा आयोजक लोयल्टी एकेडेमी ‘ए’लाई ५–० ले हरायो ।

पिस प्वाइन्टका हिमाल थिङले सर्वाधिक चार गोल गरेका थिए । अर्को खेलमा पिस प्वाइन्टले इस्टपोललाई ६–१ ले हरायो । पिस प्वाइन्टका दिवस रोका र हिमाल थिङले ह्याट्रिक गरे ।

अर्को खेलमा काष्ठमण्डपले नेक्ससलाई ३–० ले पाखा लगायो । काष्ठमण्डपका सुप्रिम बोहरा, सदिन प्रसाईं र ब्रह्म बस्यालले समान एक गोल गरे । इस्टपोलले लोयल्टी ‘बी’ माथि ७–० को सहज जित दर्ता गर्यो । इस्टपोलका रोनिश दाहालले चार गोल गरेका थिए । ब्रह्मकुञ्जले नेक्ससलाई २–० ले पन्छायो । ब्रह्मकुञ्जका एलेक्स कुँवर र सफल पन्तले समान एक गोल गरे । अर्को खेलमा ब्रह्मकुञ्जले काष्ठमण्डपसँग गोलरहित बराबरी खेल्यो ।

सुझावित समाचार