बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयो : सिबिफिन

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा केही व्यक्ति र समूहले अविश्वास बढाउने खालका समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको छ।

सिबिफिनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाइएको कार्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नियमनकारी निकायको सूक्ष्म निगरानी तथा नीति–निर्देशनहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरू सञ्चालित रहेको स्मरण गराउँदै सिबिफिनले भ्रामक र तथ्यहीन विषयहरूको पछि नलागी आफूसम्बद्ध बैंक तथा वित्तीय संस्थाहरूको वास्तविक तथ्यहरूबारे बुझ्नुपरे सम्बन्धित बैंक तथा वित्तीय संस्थाका आधिकारिक प्रतिनिधिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

See More On

सुझावित समाचार