दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ मा नेपालले घरेलु मैदानमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपालले टस जितेर नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल र नेदरल्यान्ड्सबीच यो समग्रमा चौथो एकदिवसीय खेल हो । यसअघि दुई टोलीले चारपटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गरिसकेका छन् ।
नेदरल्यान्ड्सले दुई र नेपालले एकपटक जित निकालेका छन् । नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दा नेदरल्यान्ड्सविरुद्ध नै पहिलो सिरिज सन् २०१८ मा खेलेको थियो । पछिल्लोपटक यी दुई टोलीबीच जिम्बावेमा भएको विश्वकपको एकदिवसीय ग्लोबल छनोटमा प्रतिस्पर्धा भएको थियो ।