नेपाललाई पहिलो सफलता, रुविनाले लिइन् मलेसियन ओपनरको विकेट

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियालाई दोस्रो ओभरमै झड्का लागेको छ । 

टिमको स्कोर दुई रन रहेको अवस्थामा मलेसियाले ओपनर आइना हामिजहलाई गुमाएको छ । चार बलको सामना गरेकी आइना शून्य रनमै आउट भइन् । 

रुविना क्षेत्रीले आफ्नो स्पेलको पहिलो ओभरमा आइनालाई एलबिडब्लू धरापमा पारेकी हुन् । रुविना नेपाली टिमकी सबैभन्दा अनुभवी खेलाडी हुन् । ताजा अवस्थामा मलेसियाले २.२ ओभरमा एक विकेट गुमाएर आठ रन बनाएको छ । 

सुझावित समाचार