टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता- २०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

मलेसियाको क्वालालम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। आजको खेलविजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।

नेपाल क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। त्यस्तै, समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भुटान र हङकङलाई समान आठ–आठ विकेटले पराजित गरेको थियो।

मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। मलेसियाले समूह चरणमा इन्डोनेसियालाई ६ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो। 

सुझावित समाचार