नेपाललाई पाँचौँ सफलता, सोमपाल तीन र ललितले लिए दुई विकेट

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल र नामिबियाबीच पहिलाे खेल जारी छ। जितका लागि नेपालले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौँ विकेट  गुमाएको छ। 

नेपालका लागि सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिएका छन्। सोमपालले २१.३ ओभरमा पहिलो, २१ ओभरकै अन्तिम बलमा दोस्रो र २४.१ ओभरमा तेस्रो विकेट झारेर नेपाललाई पाँचाैँ सफलता दिएका हुन्।  

यस्तै, राजवंशीले चौधौँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई अनिल साहबाट क्याचआउट गराए। यसअघि ललितले नामिबियाका अर्का ओपनर निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

त्रिवि क्रिकेट खेलमैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्र बनाउन सक्यो। 
 

सुझावित समाचार