नामिबिया बलियो स्थितिमा, नेपालले गुमायो नवौँ विकेट

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत बिहीबार नामिबियाविरुद्ध खराब ब्याटिङ क्रम यथावत् नै रहेको छ।

निरन्तर रूपमा नेपालले विकेट गुमाइरहँदा पवन सर्राफलाई ३५औँ ओभरमा गुमायो। कप्तान इरामुसले एक्स्ट्राक कर्भरमा पवनको उत्कृष्ट डाइभिङ क्याच समाते।

नेपाल ३६ ओभरको समाप्तिसम्म १२१–९ को दयनीय स्थितिमा छ। पवनले २२ बलमा १२ रनको योगदान दिए।

सुझावित समाचार