स्कार्पियोको ठक्करबाट दिदीबहिनीको मृत्यु

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

स्कार्पियोको ठक्करबाट दाङमा साइकलमा यात्रा गरिरहेका दिदीबहिनीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ मा प्र ३–०१–०२२ च १३६९ स्कार्पियोले ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका १, गोवडी घर भई हाल राप्ती गाउँपालिका– ८ पिपरी बस्दै आएका ३५ वर्षीय राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार ठक्करबाट घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो । रिया सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत थिइन् । दिदीबहिनी एउटै साइकलमा सवार थिए ।  

See More On

सुझावित समाचार