रुबिनाको शतक र पूजाको अर्धशतकमा नेपालले माल्दिभ्सलाई दियो २२८ रनको विशाल लक्ष्य

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

एसिसी वुमन्स प्रिमियर कपमा नेपाली टिमले माल्दिभ्सलाई दुई सय २७ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय २७ रन बनाएको हो। 

ब्याटर रुबिना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सलाई विशाल लक्ष्य दिएको हो।  

रुबिनाले पाँच छक्का र १० चौका प्रहार गर्दै ५८ बलमा एक सय १८ रन बनाइन्। नेपाली महिला खेलाडीको यो नै उच्च स्कोर हो। यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्धको खेलमा ८२ रन प्रहार गरेकी थिइन्।

यस्तै, पूजाले एक छक्का र पाँच चौका प्रहार गर्दै ३६ बलमा ५९ रन बनाइन्। नेपालले यसअघिको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको छ। 

सुझावित समाचार