नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडमा सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले भण्डारीलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा पुष्पबहादुर पौडेल, सचिव तुलसीप्रसाद सापकोटा तथा कोषाध्यक्षमा शरदकुमार महर्जन चयन भएका छन् । सञ्चालकमा कोशी प्रदेशबाट गीता पौडेल, मधेश प्रदेशबाट शम्भुलाल श्रेष्ठ, बागमती प्रदेशबाट नरेन्द्र विष्ट, गण्डकी प्रदेशबाट विपिन मल्ल, लुम्बिनी प्रदेशबाट भूपेन्द्रप्रसाद अधिकारी, कर्णाली प्रदेशबाट चन्द्रप्रसाद थानी र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्रकुमार शाह चयन भएका हुन् ।
त्यसैगरी, खुला सञ्चालकमा प्रतिभा मुडभरी, कमला विष्ट, दिलबहादुर महर्जन, लक्ष्मणप्रसाद बिडारी, तीर्थराम डंगोल, विदुरमानसिंह बस्नेत, चन्द्रकृष्ण श्रेष्ठ र भुवनमान शाक्य चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोलाप्रसाद शर्मा खरेल र दुई सदस्यमा न्युछेमाया महर्जन र राममणि तिमिल्सिनालाई चयन गरेको छ ।