नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

नेपाल व्यवस्थापन संघ (म्यान)मा मोहनराज ओझाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संघका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा बसेको संघको ४३औँ वार्षिक साधारणसभाले ग्रोथ सेलर्स प्रालिका संस्थापक ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

दुई वर्षका लागि गठन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, द्वितीय उपाध्यक्षमा मस्रेक बैंककी चिफ कन्ट्री रिप्रिजेन्टेटिभ हेमा अधिकारी, महासचिवमा प्राज्ञ इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा एसएसएफका कार्यकारी निर्देशक कविराज अधिकारी चयन भएको जनाइएको छ । 

त्यस्तै, सदस्यहरूमा धर्मानन्द अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्णप्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, सूर्यप्रसाद सिलवाल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमार पाण्डा, अजयकुमार मिश्र र महेश स्वाँर रहेको जनाइएको छ । 

अवस्थीले पाए म्यानेजमेन्ट अफ द इयर अवार्ड

संघले आयोजना गर्दै आइरहेको म्यानेजमेन्ट अफ द इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले प्राप्त गरेका छन् ।

त्यस्तै, आरती चटौतले ओमल म्यानेजर रिकग्निसन अवार्ड, पद्मलाल श्रेष्ठले लाइफ टाइम कन्ट्रिब्युसन अवार्ड र मनोज पौडेलले युथ आइकन रिकग्निसन अवार्ड प्राप्त गरेको जनाइएको छ । 
 

सुझावित समाचार