अनेमसंघ गुल्मीको नयाँ नेतृत्वमा सपना पन्थी

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशनबाट सपना पन्थीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ।

उपाध्यक्षमा शान्ता पोखरेल र अञ्जु कँडेल रहेका छन्। त्यस्तै, जिल्ला कमिटी सचिवमा विष्णु विश्वकर्मा, सहसचिवमा कला पाण्डे र कोषाध्यक्षमा सावित्रा खड्का छन्।

अधिवेशनको उद्घाटन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिव विना ज्ञवालीले गरेकी थिइन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन माघ २६ र २७ गर्ने निर्णय गरेको थियो।

अधिवेशनका लागि दुई सय ५० जना प्रतिनिधि सहभागी भएका थिए। खुला सत्रपछि सुरु भएको बन्दसत्रबाट राति नै नेतृत्व चयन भएको हो।

सुझावित समाचार