युनिग्लोब स्कुल र सन सेक्युरिटिजबीच सम्झौता

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

सन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ६४) र कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुलबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ।

शुक्रबार एक कार्यक्रमबीच कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

‘सन नलेज पार्टनरसिप’ कार्यक्रमअन्तर्गत भएको सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेजअन्तर्गरत १०+२ मा अध्ययनरत विद्यार्थीलाई वर्षैभरि सेयर बजार र यसका विभिन्न पक्षहरूसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ।

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरूका साथै धितोपत्रको दोस्राे बजारअन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरू प्रदान गर्ने बताइएको छ।

सम्झौताअन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा उनीहरूका परिवार र शिक्षक एवं कर्मचारीलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरूलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ। 

कलेजसँगको समन्वयमा १०+२ मा अध्ययनरत विद्यार्थीलाई एकेडेमिक हिसाबले उपयुक्त हुने गरी गेस्ट लेक्चरहरूसमेत प्रदान गर्ने बताइएको छ। 

सुझावित समाचार