माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, विधान सम्मेलनबारे छलफल

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। शुक्रबार अपराह्नदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको विषयमा छलफल भइरहेको छ। 

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, सरकारका कामकारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भइरहेको छ। माओवादी केन्द्रीय समिति बैठक आइतबार र सोमबार बस्दै छ।

सुझावित समाचार