जरिवानाबाट साढे २४ लाख राजस्व

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

 जथाभावी फोहोर फ्याँक्नेमाथि कारबाही सुरु गरेको वीरगन्ज महानगरपालिकाले गएको ६ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ । 

वीरगन्ज महानगरपालिकाले गत पुस १७ देखि जरिवाना गर्न सुरु गरेको हो । हालसम्म जथाभावी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सयजनाबाट २४ लाख ६३ हजार रुपैयाँ जरिवानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

‘घर, पसल र कार्यालयबाट निस्किने फोहोर जताततै फ्याँक्ने स्थानीयको प्रवृत्ति छ,’ मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ 

सुझावित समाचार