नेपाल मुद्रण उद्योग महासंघको १०औँ साधारणसभा तथा पाँचौँ महाधिवेशन सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न महासंघको पाँचौँ महाधिवेशनबाट अध्यक्षमा विष्णु तिवारी निर्वाचित भएका छन् ।
महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा राजकुमार घिमिरे र द्वितीय उपाध्यक्षमा मनोजकुमार जिसी निर्वाचित भएका छन् ।
पदाधिकारीसहित ४३ जनाको कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट पदाधिकारीसहित ४३ जनाको कार्यसमिति निर्वाचित भएको हो ।
यसैगरी, महासंघको कोशी उपाध्यक्षमा युवराज डाँगी, उपाध्यक्ष मधेशमा सीताराम साह, उपाध्यक्ष बागमतीमा इन्द्रप्रसाद नेपाल, उपाध्यक्ष गण्डकीमा महेन्द्र बजिमय, उपाध्यक्ष लुम्बिनीमा मीना सुवेदी ढकाल, उपाध्यक्ष कर्णालीमा सोमराज ढकाल निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्ष सुदूरपश्चिममा मणिकान्त मिश्र, महासचिवमा अर्जुनप्रसाद सापकोटा, उपमहासचिवमा चण्डी ढकाल, सचिवमा नारायण भट्टराई, सहसचिवमा खिलनाथ लुइँटेल र कोषाध्यक्षमा नीराजननरसिंह शाक्य निर्वाचित भएको महासंघले जनाएको छ ।