प्रेरक प्रसंग : वैराग्य

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

एउटा निकै प्रसिद्ध राजा थिए । सन्तानमा उनकी एक मात्र छोरी थिइन्, जो अत्यन्त धर्मपरायण र वैराग्यपूर्ण भावनाले ओतप्रोत थिइन् । उनको यो स्वभावलाई ध्यानमा राखेर राजाले छोरीको विवाह कुनै वैरागीसँग गरिदिने निश्चय गरे । सौभाग्यवश उनले एकजना त्यस्तै वैरागी भेट्टाए पनि । उनले त्यस वैरागीसँग आफ्नो एक मात्र छोरीको विवाह गरिदिए । 

विवाह भएपछि राजकुमारी आफ्ना फकिर पतिसँगै बस्न उनको कुटियामा गइन् । कुटी पुगेर त्यहाँको सरसफाइ गर्न लागिन् । उनले त्यहाँ एउटा छड्केमा एउटा सानो पोका झुन्ड्याइएको देखिन् ।

त्यो सुक्खा रोटीको पोको थियो । ‘यी रोटी किन यहाँ राखेको ?’, उनले सोधिन् । पत्नीको यो कुरा सुनेर ऊ केही असमञ्जसमा पर्यो र अनकनाउँदै भन्यो, ‘दुइटा रोटी छन्, भोलिलाई खान हुन्छ भनेर राखेको । एक–एकवटा खाँदा हामीलाई भोलिको गुजारा भइहाल्छ ।’

पतिको यो कुरा सुनेर पत्नीलाई खुबै हाँसो उठ्यो । उनले भनिन्, ‘मेरो बुबाले त तपाईंलाई वैरागी, अपरिग्रह फकिर ठानेर मेरो विवाह गरिदिनुभएको थियो । तर, तपाईंलाई त आज नै भोलि के खाने चिन्ताले सताउँदो रहेछ

सुझावित समाचार