बन्द कोठामा आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर गयो ज्यान

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो ।

सोमबार बिहान ७ बजेसम्म पनि नउठेपछि धौलीदेवीका नातिले ढोका खोलेर हेर्दा उनीहरू बेहोस अवस्थामा भेटिएको र डडेल्धुरा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सुरत तमोलीले बताए । चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले दुवैको निसास्सिएर मृत्यु भएको बताए । 

See More On

सुझावित समाचार