संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा एमाले

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)को संसदीय दलले संघीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । 

संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदै छ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिए । उनले  चालू अधिवेशनका बैठकहरूमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारी रूपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताए । 
 
दलको बैठकले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ । यस्तै, बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।

See More On

सुझावित समाचार